दीपल एस ०७ एल सार्वजनिक, १५ दिन भित्र खरिद गर्दा तीन लाख छुट पाइने

Jan 19, 2025 03:30 PM Merolagani



नेपाली बजारमा ‘दीपल एस ०७ एल’ सार्वजनिक भएकाे छ । नेपालका लागि चांगन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘दीपल एस ०७ एल’ नेपालमा भित्राएकाे हो । 

शुक्रबार एक कार्यक्रमकाबीच थप शक्तिशाली मोटर भएको र बढी रेन्ज दिने दिपल एस ०७ लञ्च गरेकाे हाे । दिपलका ब्राण्ड एम्बेसेडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू वृद्धि अटाेकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले याे कार सार्वजनिक गरेका थिए ।

इलेक्ट्रक एसयूभी दीपल फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय रहेकाे छ । हालसम्म ७०० भन्दा बढी युनिट दीपल एस ०७ बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ । दिपल एस ०७ एलले ईभीको पर्फर्मेन्स,रेन्ज ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको भनाइ रहको छ ।

दीपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिनेछ । दीपल एस ०७ एलकाे मोटर पहिलेको रेगुलर भर्सनभन्दा ६० किलोवाट धेरै भएकाे कम्पनीले जनाएकाे छ । यस कारको ब्याट्री प्याक समेत १३.१ किलोवाट आवरले ठूलो बनाइएको छ ।

दीपल एस ०७ एल एकपटक चार्ज गर्दा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीकाे दाबी छ । स्पीड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रीक एसयूभीको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ६.६ सेकेण्डमा हासिल गर्ने कम्पनीले जानकारी दिएकाे छ ।

दीपल एस ०७मा जस्तै यो एसयूभीमा पनि बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायर दिइएकाे छ । यस एसयूभीकाे क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रीन रहेकाे छ । यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउने कम्पनीकाे दाबी छ ।

यसबाहेक, दीपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्री अप्रेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५ लगायतका फिचरहरू रहेको छ ।

त्यसैगरी, सुरक्षाका लागि यस एसयूभीमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा आदि रहेको छ ।

दीपलको एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, आगामी १५ दिन भित्र खरिद गर्नेले यसमा तीन लाख रूपैयाँकाे छुट पाउनेछन् । अब, याे कार ८१ लाख ९९ हजार रुपैयाँमै पाउन सकिने भएकाे छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।