सूचक बृद्धिमा कारोबार रकमको साथ, बैंक बित्तीय संस्था बाहेकका कम्पनी निरन्तर बढ्ने नै हुन् ?

Jan 19, 2025 06:13 PM Merolagani



साताको पहिलो कारोबार दिन आइतबार बजार सकारात्मक भएको छ । यसदिन बजार १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ भने ६ अर्ब २५ करोडको शेयर खरिद बिक्री भएको छ ।

नेप्सेमा सूचीकृत भएका कम्पनीहरुले ६ महिनाको प्रगति विवरण सार्वजनिक गर्न सुरु गरेसँगै बजार सकारात्मक भएकाे विश्वास गरिएकाे छ । बजार २६ सयको मनोवैज्ञानिक विन्दु भन्दा माथि पुग्दा लगानीकर्ताको आत्मबल बढ्न थालेको लगानीकर्ताहरुको बुझाई छ ।

अर्थमन्त्रीले आइतवार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा  अर्थतन्त्र चलायमान बनाउन अध्यादेशले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । त्यसले पनि बजारमा सकारात्मक सन्देश गएकाे छ। लामो समयदेखि साईडवयज बसेको बजारले विस्तारै गति समाउनेमा लगानीकर्ता आशावादी देखिएका छन् ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।