सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने सहमति गरिएकाे छ ।
यसैगरी, सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ-आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संगसंगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमती कायम भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी दिए ।