हकप्रद निष्काशन प्रयोजनार्थ नेको इन्स्योरेन्सले कहिले गर्दैछ बुकक्लोज?

Jan 20, 2025 10:09 AM Merolagani



नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सले माघ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

पुस १६ र १७ गते सार्वजनिक बिदा परेका कारण पुस १५ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।