२३ कम्पनीकाे मूल्य २५० भन्दा तल, यी हुन सबैभन्दा सस्ता कम्पनी (सूचीसहित)

Jan 22, 2025 05:59 AM MeroLagani



अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि बढ्न थालेको शेयर बजारले ३ हजारको विन्दु छोएर घट्न थाल्यो । ३ हजारको नेप्से परिसूचक लगातार २४ सय ५० को विन्दुसम्म घटेर पुनः उकालो लाग्यो । पछिल्लो बढाई भने २८ सय माथि जान सकेन । २८ सयको विन्दु तेस्रोपटक परिक्षण गरेर अहिले २६ सयको हाराहारीमा नेप्से परिसूचक टिकेर बसेको छ ।

नेप्से ३ हजारको विन्दुमाथि पुग्दा २ सय ५० भन्दा मुनि कुनै पनि कम्पनी थिएन । शेयर बजार विस्तारै ओरालो गति समाउँदा अहिले २ सय रुपैयाँभन्दा मुनि पनि कम्पनीको शेयर मूल्य आइपुगिसकेको छ ।

शेयर लगानीकर्ताले विभिन्न रणनीति अपनाएर शेयर बजारमा लगानी गर्ने गर्दछन्। कसैले कुन ब्रोकरले धेरै शेयर किनेको छ, फ्लोर सिट विश्लेषण गरेर त्यसकै पछि लाग्छ्न भने कोही न्युन चुक्ता पुँजी भएका कम्पनी छानी छानी लगानी गर्छन । कोही लगानीकर्ता भने बजारले बटम लागेको बेला सबैभन्दा सस्तो मूल्यका शेयरहरुको एक्युमुलेट गरेर बजार बढ्ने मौका ढुकेर बसेका हुन्छन ।

मेरो लगानीले नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा सस्ता २५ कम्पनीको सूची बनाएको छ । त्यसमा सबैभन्दा बढी वाणिज्य बैंक र हाइड्रोपावर समूहबाट परेका छन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित हुँदा खराब कर्जा बढ्ने आँकलन सँगै वाणिज्य बैंकको शेयर मूल्यले पछिल्लो न्यून विन्दु समेत ब्रेक गरेर तल झरेको अवस्था छ । यता हाइड्रोपावर समूहमा पनि हकप्रद जारी गरिसकेका कम्पनीको शेयर मूल्य एकदमै न्यून विन्दुमा आएका छन् । त्यस्तै लगानी समूहमा धेरै चुक्ता पुँजी भएका हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक गरी दुई कम्पनीसँगै उत्पादन समूहको नेपाल ल्युव आयल पनि सूचीमा परेको छ।

मंगलबारको बजार मूल्य अनुसार हिमाल दोलखा हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, कुमारी बैंक गरी तीन वटा कम्पनी २ सय रुपैयाँ भन्दा मुनिको मूल्यमा कारोबार हुन थालेका छन् ।
त्यसैगरी हाइड्रोपावर समूहमा सबैभन्दा धेरै चुक्ता पुँजी भएको अप्पर तामाकोशी हाइड्रोपावर, सिटिन्जस बैंक इन्टरनेसनल, घलेम्दी हाइड्रो, लिबटी इनर्जी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतका कम्पनीहरु २१० रुपैयाँ भन्दा मुनिको मूल्यमा कारोबार भइरहेको छ ।

नेसनल हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र रिडि पावर भने २१० देखि २ सय २५ रुपैयाँको रेन्जमा कारोबार भइरहेको छ ।

शिवश्री हाइड्रो पावर, हिमालयन बैंक, हिमालयन ऊर्जा विकास कम्पनी, अरुण काबेली पावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, एनएमबी बैंक प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सिंगटी हाइड्रो भने २ सय २५ देखि २ सय ५० रुपैयाँको रेन्जमा कारोबार भइरहेका छन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल ल्युब आयल भने २ सय ५० रुपैयाँभन्दा थोरै माथि मात्रै कारोबार भइरहेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।