खराब कर्जा घटेपछि आरम्भ चौतारीको नाफा उल्लेख्य बढ्यो

Jan 26, 2025 12:22 PM Merolagani



आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रेमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६१.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेर इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.२४ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा १०.६० प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ९७ लाख रुपैयाँ रिभर्स भएको छ जसका कारण खुद नाफा र सञ्चालन आम्दानी दुबै उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.६४ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ९९ पैसा बढेर १७ रुपैयाँ ७९ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ७२ लख रुपैयाँ रहेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ७९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।