चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४६.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६४.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९३.९८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६२.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५०७.७७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा ४५ रुपैयाँ ७ पैसा ऋणात्मक रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५८.३६ गुणा रहेको छ।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले २० अर्ब ५४ करोड ८७ लाख निक्षेप तथा सापटीबाट १८ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
