गुराँस लघुवित्तको नाफा बढ्यो

Apr 18, 2025 10:59 AM Merolagani



गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.६६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १४ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३.९२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ।

नाफासँगै यस दिन प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर ३१ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ।

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ सापटी र ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।