सुन र चाँदीको मूल्यमा गिरावट

Jan 28, 2025 10:46 AM Merolagani



माघ १५ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।