एप्पल र गुगलले इटालीको आफ्नो एप स्टोरबाट डिपसिक एप हटाएको छ। आयरल्याण्डकाे डाटा संरक्षण आयाेगले पनि डिपसिकबाट आयरिश प्रयोगकर्ताहरूको डाटा प्राेसेसिङसँग सम्बन्धित जानकारी मागेको छ।
गत साता, डीपसिकले एक नि:शुल्क एआई सहायक लञ्च गरेकाे थियाे। यसले कम डाटा प्रयोग गर्ने र हालका सेवाहरूकाे तुलनामा धेरै कम लागतमा काम गर्ने बताइएकाे छ। सोमबारसम्म, याे असिस्टेन्टले एप्पलको एप स्टोरकाे डाउनलोडमा अमेरिकी प्रतिद्वन्द्वी च्याटजीपीटीलाई उछिनेको थियो । साेहि कारणले टेक शेयर लगानीकर्ताहरूकाे चिन्ता बढेकाे छ।

"एप हटाउने खबर केही घण्टा अघि मात्र आएको थियो, यो हाम्रो कारणले भएको हो वा होइन भन्ने म भन्न सक्दिन,"इटालियन डाटा नियामकका प्रमुख पास्क्वाले स्टान्जियोनले समाचार एजेन्सी एएनएसएसँग बताए। "हाम्रो कार्यालयले GDPR नियमहरू पालना भइरहेको छ कि छैन भनेर विस्तृत अनुसन्धान सुरु गर्नेछ," ANSAका अनुसार स्ट्यान्जियोनले बताए ।
मंगलबार "गारान्टे" भनेर चिनिने इटालियन नियामकले कुन व्यक्तिगत डाटा सङ्कलन गरिन्छ, कुन स्रोतबाट, कुन उद्देश्यका लागि र कुन कानुनी आधारमा र के यो चीनमा भण्डारण गरिन्छ भन्ने जान्न चाहेकाे बताए । यसले डिपसिक र यसका सम्बद्ध कम्पनीहरूलाई २० दिन भित्र जवाफ दिन भनेको छ।
नियामक एपका नाबालिग प्रयोगकर्ताहरूको सुरक्षा,पूर्वाग्रह विरुद्ध सुरक्षा र चुनावी हस्तक्षेप विरुद्ध सुरक्षाको बारेमा आश्वासन चाहेको स्टान्जियाेनले बताए। एप्पलको एप स्टोरमा "यो एप हाल तपाईंको देश वा क्षेत्रमा उपलब्ध छैन" इटालियन ग्राहकहरूलाई भन्ने सूचना देखाइएको थियो। यसैबीच, गुगल एप स्टोरमा एउटा सन्देशमा देखिन्छ, "इटालीमा डाउनलोडहरू समर्थित छैनन्।"
एजेन्सीकाे सहयाेगमा।