सिंगटी हाइड्रोको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Feb 02, 2025 10:43 AM Merolagani



सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४३ करोड ६७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १७ करोड २० लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ८५ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९५ गुणा रहको छ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।