सुनको मूल्य स्थिर, चाँदीको भने घट्याे

Feb 02, 2025 10:59 AM Merolagani



माघ २० गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य भने घटेको छ।

साताको पहिलो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।