सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Sep 29, 2026 10:53 AM Merolagani



असोज १३ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घटिरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

 



तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।