सुनचाँदीको मूल्य बढ्यो

Sep 27, 2026 11:09 AM Merolagani



असोज ११ गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा काराेबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।