प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Feb 03, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०५ अंक बढेर २७२८.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ७७ स्टकको १६६ पटकको कारोबारमा १० करोड ३७ लाख ८६ हजार ९०९ रुपैयाँ ७० पैसाबराबरको २ लाख २१ हजार ९३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।