विद्युत बिक्री आम्दानी बढेपछि मोदी इनर्जीको नोक्सानी घट्यो

Feb 03, 2025 12:56 PM Merolagani



मोदी इनर्जी लिमिटेड (MEL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको नोक्सानी ३ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी १९ करोड ८६ लाख रुपैयाँ थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६१.४३ प्रतिशत बढेर २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ७६.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७८.१० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २५.५१ प्रतिशत घटेर १५ करोड ६८ लाख रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ २१ पैसा रहेको छ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब ६ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।