बजार बढ्ने प्रयासमा, टिक्न के कुराले खेल्दैछ भुमिका ?

Feb 03, 2025 05:53 PM Merolagani



सोमबारको बजार सामान्य अंकले बढेको छ । यस दिन बजार २.४१ अंकले बढेर २७३० अंकमा पुगेको छ भने ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आइतबारको बजार झण्डै ७० अंकको वृद्धि भएकाे थियाे । आजको बजारले त्यसलाई निरन्तरता दिएको हो ।

पछिल्ला कारोबार दिनमा बजारमा कारोबार रकमको समेत साथ रहेको छ । बजारले सन्तुलन गति समाएर यस्तै कारोबार रकमकाे साथ पाए बजारले विगतमा अवरोधको रुपमा रहेका २७५० देखि २७८० को विन्दु सहजै पार गर्ने लगानीकर्ताको बुझाई छ ।

आइतबार उच्च वृद्धिमा पनि आज करेक्सन नहुनुले बजार बलियो बन्दै गरेको बुझाई छ । अर्कोतर्फ बैंक र बलिया कम्पनीहरुको छनोट गर्दै लगानी गर्दा पनि बजारको सूचकले बढाईलाई निरन्तरता दिने लगानीकर्ताको बुझाई छ ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।