बजार बढ्ने प्रयासमा, टिक्न के कुराले खेल्दैछ भुमिका ?

Feb 03, 2025 05:53 PM Merolagani



सोमबारको बजार सामान्य अंकले बढेको छ । यस दिन बजार २.४१ अंकले बढेर २७३० अंकमा पुगेको छ भने ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आइतबारको बजार झण्डै ७० अंकको वृद्धि भएकाे थियाे । आजको बजारले त्यसलाई निरन्तरता दिएको हो ।

पछिल्ला कारोबार दिनमा बजारमा कारोबार रकमको समेत साथ रहेको छ । बजारले सन्तुलन गति समाएर यस्तै कारोबार रकमकाे साथ पाए बजारले विगतमा अवरोधको रुपमा रहेका २७५० देखि २७८० को विन्दु सहजै पार गर्ने लगानीकर्ताको बुझाई छ ।

आइतबार उच्च वृद्धिमा पनि आज करेक्सन नहुनुले बजार बलियो बन्दै गरेको बुझाई छ । अर्कोतर्फ बैंक र बलिया कम्पनीहरुको छनोट गर्दै लगानी गर्दा पनि बजारको सूचकले बढाईलाई निरन्तरता दिने लगानीकर्ताको बुझाई छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।