श्वेत गंगा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा पनि धनात्मक

Feb 05, 2025 09:08 AM Merolagani



श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन (SGHC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड २५ लाख रुपैयाँ धनात्मक भएको छ। कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०.३३ प्रतिशत बढेको छ भने खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २२.१३ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३९.८३ गुणा रहेको छ।

१ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




comments powered by Disqus

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

Mar 09, 2025 10:40 AM

नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।