सानिमा मिडिल तमोरको नाफा धनात्मक

Feb 06, 2025 01:21 PM Merolagani



सानिमा मिडिल तमोर हाइड्रोपावर (TAMOR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले २७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ ऋणात्मक थियो।

पुस मसान्तसम्ममा कम्पनीको कन्स्ट्रक्सन आम्दानी २४ करोड ६० लाख रुपैयाँ रहेको छ भने विद्युत बिक्री आम्दानी १ अर्ब ७ करोड ३ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ९६ करोड १४ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन नाफा ७० करोड ८९ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ३३.०१ गुणा रहेको छ।

३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।