घाेस्ट कलको अर्को तर्फ कोही पनि हुँदैन। तर, यसलाई घाेस्ट कल पनि भनिन्छ। यद्धपी, तपाईंले आफ्नो फाइदाको लागि घाेस्ट कलहरूकाे पनि प्रयोग गर्न सकिन्छ। तर, कसरी त?
![](https://images.merolagani.com/Uploads/Repository/638744636871594090.png)
घोस्ट कलबाट कसरी फाइदा उठाउने?
कैयाैं पटक तपाईं त्यस्तो ठाउँमा फस्नुहुन्छ जहाँ तपाईं जान चाहनुहुन्न वा छलफलमा फस्नुहुन्छ जुन तपाईंलाई एकदमै बोरिंग लागिरहेकाे हुन्छ। मानिसहरूलाई नराम्रो नलागोस् भन्ने साेच्दै बहाना बनाएर त्यस्तो ठाउँ छोड्न तपाईंलाई अलि हिचकिचाउनुहुन्छ। यस्ताे अवस्थामा, घोस्ट कल धेरै उपयोगी हुन्छ। घाेस्ट कल आउनासाथ, तपाईं कुरा गर्ने बहाना बनाउन सक्नुहुन्छ र त्यो ठाउँबाट भाग्न सक्नुहुन्छ वा छलफल समाप्त गर्न सक्नुहुन्छ।
घोस्ट कलको सुविधा कहाँबाट पाउन सकिने?
कैयाैं एपहरूले ट्रु कलर सहित घोस्ट कलिङ सुविधा प्रदान गर्छन्। ट्रु कलरले हालै आईफोन प्रयोगकर्ताहरूका लागि घोस्ट कलर सुविधा रोल आउट गरेको छ। यो आईफोन र एन्ड्रोइड उपकरणहरूमा पूर्ण रूपमा काम गर्दछ। यद्यपि, ट्रु कलरमा यो सुविधा प्रयोग गर्न, तपाईंले प्रिमियम सदस्यता खरिद गर्नुपर्नेछ।
![](https://images.merolagani.com/Uploads/Repository/638744639202033912.png)
ट्रु कलरमा तपाईंले घोस्ट कलरको नाम, नम्बर र छवि सेट गर्न सक्नुहुन्छ। यसरी, अरूलाई एक वास्तविक व्यक्तिले तपाईंको फोनमा तपाईंलाई कल गरिरहेको लाग्छ। तपाईं घाेस्ट कल गर्ने समय र मिति पनि तालिकाबद्ध गर्न सक्नुहुन्छ।
एजेन्सीकाे सहयाेगमा ।