स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार?

Feb 09, 2025 10:48 AM Merolagani



माघ २७ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कम्पनीको नेप्से सिम्बोल जीएमएलआई रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।