स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एभरेष्ट कलरको पहिलो कारोबार?

Jul 17, 2026 10:45 AM Merolagani



साउन १ गते, शुक्रबार, स्पेशल प्रि ओसन सेसनमा एभरेष्ट कलर (ECL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात असार ३२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ७ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता शेयर गरी कुल ३० लाख कित्ता नेप्सेमा हिजो सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (ECL) टिकरमा कारोबार भएको हो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।