स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो माउन्ट एभरेष्ट पावरको पहिलो कारोबार?

Aug 12, 2026 10:45 AM Merolagani



साउन २७ गते, बुधबार, स्पेशल प्रि ओसन सेसनमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट (MEDL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

 

कम्पनीको शेयर हिजो अर्थात साउन २६ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (MEPDL) टिकरमा कारोबार भएको हो।