स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो स्नो रिभर्सको पहिलो कारोबार?

Jun 26, 2026 10:46 AM Merolagani



असार १२ गते, शुक्रबार, स्पेशल प्रि ओसन सेसनमा स्नो रिभर्स (SNORL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर असार ११ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता शेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (SNORL) टिकरमा कारोबार भएको हो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।