स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सर्वोत्तम पेन्ट्सको पहिलो कारोबार?

Aug 13, 2026 10:45 AM Merolagani



साउन २८ गते, बिहीबार, स्पेशल प्रि ओसन सेसनमा सर्वोत्तम पेन्ट्स (SAPIL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात साउन २७ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २५ लाख ५० हजार कित्ता शेयर गरी कुल ३४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (SAPIL) टिकरमा कारोबार भएको हो।