हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Feb 07, 2025 05:49 AM Merolagani



माघ २५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लाइफ इन्स्योरेन्स (HLI) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात माघ २४ गते दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।