बिन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य घट्यो, नाफा कति?

Feb 07, 2025 09:36 AM Merolagani



बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २४ करोड ७३ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३.१६ प्रतिशत घटेर ८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.५४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९०.०८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३.१६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३१ पैसा घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.०९ गुणा रहेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २१ करोड १४ लाख रुपैयाँ छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।