बीमक संघमा नयाँ नेतृत्व, अध्यक्षमा वैदवार

Feb 07, 2025 05:13 PM mero lagani



नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको साधारण सभाले बिरेन्द्र बैदवार क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । यस अघि संघको अध्यक्ष चंकी क्षेत्री थिए भने वैदवार उपाध्यक्ष थिए ।

नवनिर्वाचित अध्यक्ष क्षेत्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको उपाध्यक्षमा अशोक कुमार खड्का, महासचिवमा सुनिल बल्लभ पन्त तथा कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । खड्का नेको इन्स्योरेन्स, पन्त एनएलजी इन्स्योरेन्स र श्रेष्ठ आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युहुन् ।

 संघको कार्यसमिति सदस्यमा अन्जु श्रेष्ठ, टोटन चक्रवर्ती, र सञ्चित बज्राचार्य चयन भएका छन् । श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स, चक्रवर्ती द ओरिएन्टल इन्स्योरेन्स र बज्राचार्य प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।