बीमक संघमा नयाँ नेतृत्व, अध्यक्षमा वैदवार

Feb 07, 2025 05:13 PM mero lagani



नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको साधारण सभाले बिरेन्द्र बैदवार क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । यस अघि संघको अध्यक्ष चंकी क्षेत्री थिए भने वैदवार उपाध्यक्ष थिए ।

नवनिर्वाचित अध्यक्ष क्षेत्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको उपाध्यक्षमा अशोक कुमार खड्का, महासचिवमा सुनिल बल्लभ पन्त तथा कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । खड्का नेको इन्स्योरेन्स, पन्त एनएलजी इन्स्योरेन्स र श्रेष्ठ आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युहुन् ।

 संघको कार्यसमिति सदस्यमा अन्जु श्रेष्ठ, टोटन चक्रवर्ती, र सञ्चित बज्राचार्य चयन भएका छन् । श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स, चक्रवर्ती द ओरिएन्टल इन्स्योरेन्स र बज्राचार्य प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।