आइतबार बजार ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा झरेको छ भने ८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बजारमा एकुमुलेसन भइरहेको छ । बजारमा शेयरको मूल्य घटाएर किन्ने दाउमा रहँदा सूचकमा गिरावट आएको देखिन्छ ।
बजार एकसय अंकको अन्तर समाएर साईडवयजमा छ । यो अवस्थामा बजारमा जति सक्दो सस्तोमा शेयर उठाउने दाउमा लगानीकर्ता रहका देखिन्छन्। यद्यपि बजारको समग्र अवस्था सकारात्मक रहेको छ । बजारले केही समय साइडवेजमा रहे पनि बढ्नको लागि धेरै समय पर्खनु नपर्ने लगानीकर्ताहरुको विश्वास छ ।