चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ९ करोड १३ लाख रुपैयाँ रहेको थियो।
विद्युत बिक्री आम्दानी थोरै बढेपछि कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.९२ प्रतिशत बढेर ६ करोड ७६ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.५१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २९.२३ प्रतिशत र वित्तीय खर्च २९.२३ प्रतिशत घटेको छ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा झरेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ।
५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।
![](https://images.merolagani.com/Uploads/Repository/638747762519784943.png)