रु रु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी थोरै बढ्यो, नाफा कति?

Feb 10, 2025 09:25 AM Merolagani



रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ९ करोड १३ लाख रुपैयाँ रहेको थियो।

विद्युत बिक्री आम्दानी थोरै बढेपछि कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.९२ प्रतिशत बढेर ६ करोड ७६ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.५१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २९.२३ प्रतिशत र वित्तीय खर्च २९.२३ प्रतिशत घटेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा झरेको छ। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ।

५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।