चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.२१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.९९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४५.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५८.८१ प्रतिशत बढेको छ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड २१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ३२ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ७४ पैसा बढेर २६ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.६६ गुणा रहेको छ।
६७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले पुस मसान्तसम्ममा ८ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ८ अर्ब ८५ करोड ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638747908691229904.png)