बजारको सूचक घट्दा कारोबार रकममा समेत सुस्तता आएको छ । आज सोमबारको बजारमा ६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । समग्रमा बजारले मौद्रिक नीति समीक्षा कुरेकाे देखिन्छ । केन्द्रीय बैंकले नीतिहरु खुकुलो बनाउने अपेक्षा अनुसार लगानीकर्ताहरु पर्खिरहेको अवस्था छ ।
बजारले यो २६ सयदेखि २७ सयको विन्दु साईडवयजमा चल्दा बजार बढ्नको लागि बलियो आधार निमार्ण गरेको लगानीकर्ता किशोर न्यौपानेले बताए । 'अहिलेको बजार बुल भइसकेको छैन । प्रि बुलको अवस्थामा छ । बजारको उच्च विन्दुको भार थेग्नको लागि फन्डामेन्टल बलियो बन्दै गएकाे छ,' उनले भने ।