हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७.३६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.८७ गुणा रहेको छ।

३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।