आम्दानी बढेपछि सोनापुर मिनरल्सको नोक्सानी घट्यो

Feb 11, 2025 07:23 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी १२ करोड ५२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेको छ भने कुल नाफा ९.०२ घटेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११९.४९ प्रतिशत बढेको छ भने वित्तीय खर्च १४.०९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ सञ्चित छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।