आम्दानी बढेपछि सोनापुर मिनरल्सको नोक्सानी घट्यो

Feb 11, 2025 07:23 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी १२ करोड ५२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेको छ भने कुल नाफा ९.०२ घटेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११९.४९ प्रतिशत बढेको छ भने वित्तीय खर्च १४.०९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ सञ्चित छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।