बोटलर्स नेपालका दुबै कम्पनीहरुको नोक्सानी बढ्यो

Feb 11, 2025 09:15 AM Merolagani



बोटलर्स नेपाल (बालाजु) (BNL) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यी दुबै कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) ले २३ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी १४ करोड ४७ लाख रुपैयाँ थियो। त्यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको बोटलर्स नेपाल (तराई) (BNT), चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

यी दुबै कम्पनीहरुको सञ्चालन आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा बोटलर्स नेपाल (बालाजु) को सञ्चालन आम्दानी ४ अर्ब ५८ करोडबाट घटेर ४ अर्ब ३६ करोडमा झरेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) को यस्तो आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर २ अर्ब ९६ करोडमा सीमित भएको छ।

पुस मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) को प्रतिशेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २७९ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बोटलर्स नेपाल (तराई) को प्रतिशेयर आम्दानी १९७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३७९ रुपैयाँ रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।