५ कारोबार दिनपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Feb 11, 2025 03:07 PM Merolagani



मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.५४ अंक बढेर २६८३.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.५४ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ९६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ७२ हजार ९४ पटकको कारोबारमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपससमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।