नेपाल रिपब्लिक मिडियाको नोक्सानी बढ्यो

Feb 12, 2025 08:08 AM Merolagani



नेपाल रिपब्लिक मिडिया लिमिटेड (NRM) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ लाख ५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको कुल आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.५७ प्रतिशत बढको छ भने कुल आम्दानी २६.७४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १७.६४ प्रतिशत र वित्तीय शुल्क २०.८३ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९९ पैसा रहेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५१ करोड ३३ लाख रुपैयाँ ऋणाात्मक रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।