खर्च घटेपछि मुक्तिनाथ कृषि कम्पनीको नाफा बढ्यो

Feb 11, 2026 01:10 PM Merolagani



मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेपनि खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५.२८ प्रतिशत घटेको छ भने कुल आम्दानी १५.८१ प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा २४.६१ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५० पैसा बढेर ४ रुपैयाँ ६९ पैसा पुगेको छ। गत पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९१.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा रहेको छ।

७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५८ लाख रुपैयाँ रहेको छ।