वाणिज्य बैंकहरुको फागुन महिनाका लागि ब्याजदर कति?

Feb 12, 2025 09:15 AM Merolagani



वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ। २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।

फागुन महिनाका लागि २ बैंकहरुले भने ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका हुन्।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।