शिखर इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढ्यो

Feb 12, 2025 11:33 AM Merolagani



शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६३ करोड ७६ लाख रुपैयाँ छ । इन्स्योरेन्सको बीमा शुल्क १५.६३ प्रतिशत बढेको हो । कुल आम्दानी ६.०२ प्रतिशत बढेर एक अर्ब १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८ करोड ३६ लाख रुपैयाँ छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँ छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ८१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४० करोड ७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।