चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.७२ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। इन्स्योरेन्सको कुल आम्दानी र गरिएको लगानीबाट हुने आम्दानीमा गिरावट आउदा नाफामा दवाव परेको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १०.६५ प्रतिशत बढेको छ भने कुल आम्दानी ४७.९३ प्रतिशत घटेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २३ करोड २४ लाख रुपैयाँ भएको छ । इन्स्योरेन्सको कुल खर्च १७.३० प्रतिशतले बढेर ४३ करोड २८ रुपैयाँ भएको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि गिरावट आएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसामा सिमित भएको हो । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३७ पैसा छ ।
एक अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा एक अर्ब ३७ करोड रुपैयाँ, महाविपत्ती जगेडामा ९ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ