आजको बजार १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको छ भने ८ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बजार साईडवयजमै देखिन्छ। फागुन महिनाको लागि बैंकहरुले सार्वजनिक गरेकाे ब्याजदर औसतमा स्थीर नै छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यो अवस्थामा बजारले उत्साहजनक गति निर्धारण गर्नु पर्ने हो ।
यद्यपि यो अवधिमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । अबका दिनमा नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको दोस्रो माैद्रिक नीतिकाे समीक्षा, सरकारले ल्याएको लगानी सम्बन्धी अध्यादेशकाे प्रभाव र नयाँ गभर्नर नियुक्ति प्रकृया बजारकालागि उत्प्रेरक बन्न सक्छन् ।