नेप्सेसँगै बढ्यो कारोबार रकम

Feb 16, 2025 03:07 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक १९.५६ अंक बढेर २६९८.०३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ९६ हजार २८२ पटकको कारोबारमा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँबराबरको २ करोड ९ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सक र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको न्यादी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सिईडिबी होल्डिङ्गसको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत घटेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।