७ कारोबार दिनपछि नेप्से पुनः २७०० विन्दु माथि

Feb 17, 2025 03:07 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से ७ दिनपछि पुनः २७०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि गत माघ २३ गते नेप्से २७०० विन्दुभन्दा माथि बन्द भएको थियो।

सोमबार नेप्से परिसूचक २९.८७ अंक बढेर २७२७.९१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख २ हजार ८६१ पटकको कारोबारमा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँबराबरको १ करोड ८० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन ३२ करोड ६४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.२७ प्रतिशत घटेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।