सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि, ऐतिहासिक उचाई नजिक

Feb 19, 2025 10:36 AM Merolagani



फागुन ७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर रुपमा वृद्धि भएर ऐतिहासिक उचाईको नजिकै पुगेको हो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।