निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहनेछन् ।
यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको आयाेजककाे भनाइ छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटरियल्स (Construction materials), केमिकल्स (Chemicals), कन्स्ट्रक्सन मेसिनरी (Construction Machinery), प्रि फ्याब स्ट्रक्चर्स (Pre-fab Structures), यूपीभीसी विन्डाेज मेसिनरी (UPVC Windows Machinery), यूपीभीसी प्राेफाइल (UPVC Profile), डाेर्स एण्ड विन्डाेज (Doors and Windows), आर्किटेक्चरल हार्डवेयर (Architectural Hardware), बाथरूम फिटिङ्स (Bathroom Fittings), पाइप्स (Pipes), टाइल्स एण्ड सेनिटरी वेयर (Tiles and Sanitary ware), रूफिङ (Roofing), प्रि इन्जिनियरिङ बिल्डिङ(Pre -Engineering Building), पावर टूल्स (Power Tools), विन्डाेज (Windows), कन्क्रिट ब्लक मेसिनरी म्यानुफ्याक्चरर्स (Concrete Block Machinery Manufacturers), एलुमिनियम कम्पाेजिट प्यानल्स(Aluminum Composite Panels), एधेसिब्स(Adhesives)हरुको उल्लेखनीय सहभागिता रहने छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुनेछ । यो प्रदर्शनीमा निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने आयाेजककाे विश्वास छ। यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्नेछ ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहनेछ । यसका साथै, नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, व्यवसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ । साथै यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ ।
सहयोगी संस्थाहरु (फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसाेसियसन अफ नेपाल) Federation of Contractors Association of Nepal (FCAN), साेसाइटी अफ कनसल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (Society of Consulting Architectural and Engineering Firms (SCAEF), साेसाइटी अफ नेपालीज आर्किटेक्ट्स( Society of Nepalese Architects (SONA)),टिवाइएफ इन्टरियर डिजाइनर्स एसिाेसियसन अफ नेपाल (tyf Interior Designers Association of Nepal (IDEA)) रहेको यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ भने प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।