कम्पनीको फगुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले बैंकको मातृभुमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी १५ मेगावाट सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।