केआईआईटीले सामाजिक सञ्जाल 'एक्स'मार्फत् लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने जानकारी दिएकाे हाे । युनिभर्सिटीमा ज्यान गुमाएकी प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई यो कदमले कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ’, युनभर्सिटीले उल्लेख गरेकाे छ ।
केआईआईटीले लेखेकाे छ," केआईआईटी परिवारले नेपालकी एक प्रतिभाशाली विद्यार्थी स्वर्गीय प्रकृति लम्सालको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उनको असामयिक निधनले हामी सबैलाई हृदयविदारक बनाएको छ।
प्रा. अच्युत सामन्तले उनका बुबा र काकालाई भेटेर प्रकृतिको सपना जीवित राख्ने आश्वासन दिनुभयो। उनको सम्झनालाई सम्मान गर्न र उनका बुबाको इच्छा अनुसार, केआईआईटीले उनको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्नेछ। यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई बाधा बिना आफ्नो शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ।
प्रा. सामन्तले नेपाल दूतावासका काउन्सिलरहरूसँग पनि भेट गर्नुभयो र नेपालका माननीय विदेशमन्त्री र गृहमन्त्रीसँग फोनमा कुरा गर्नुभयो । साथै, यस विषयमा गरिएका कार्यहरूको बारेमा उहाँहरू लाई जानकारी गराउनुभयो।
केआईआईटी यस कठिन समयमा उनको परिवारसँग ऐक्यबद्धताकासाथ उभिएको छ। उहाँहरूप्रति हाम्रो संवेदना र प्रार्थना छ। उनको आत्माले शान्ति पाओस्।"