गार्डियन माइक्रोको शेयर लगातार नवौं दिन सर्किट लेभलमा, बढ्ने क्रम कहिले रोकिएला ?

Feb 20, 2025 01:26 PM MeroLagani



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को शेयर लगातार नवौं कारोबार दिनसम्म सर्किट लेभलमा कारोबार भइरहेको छ । बिहीबार कम्पनीको शेयर ७०९.३० रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल बीमा प्राधिकरणले लघु बीमाको छुट्टै कारोबार गर्ने उद्देश्यले जीवन र निर्जीवन गरी ७ वटा कम्पनीलाई कारोबार अनुमति दिएकोमा गार्डियन माइक्रो लाइफले पहिलोपटक आइपीओ निष्काशन गरेर शेयर कारोबार थालेको छ ।

‘जीएमएलआई’ कोड पाएको कम्पनीलाई नेप्सेले १००.३४ देखि ३०१.०२ सम्ममा पहिलो कारोबार गर्न कारोबार रेञ्ज दिएको थियो । यो प्रकृतिको पहिलो कम्पनी भएकोले नेप्सेले अहिले जीवन बीमा समूह अन्तर्गत राखेर कारोबार थालेको छ ।

पछिल्लो समय न्यून चुक्ता पुँजी भएका कम्पनीको शेयर मूल्य आकाशिने क्रमलाई निरन्तरता दिँदै गार्डियन माइक्रोको शेयर मूल्य पनि बढ्ने क्रम रोकिएको छैन । सेबोनको आइपीओ बाँडफाँट प्रणालीमा सबै लगानीकर्तासँग १० कित्ता भन्दा बढी शेयर नहुने हुँदा अहिले शेयरको आपूर्ति खासै बढ्न नसक्दा पनि मूल्य बढ्ने क्रमले निरन्तरता पाएको हो ।

पहिलो दिन ४९०, दोस्रो दिन ५१०, तेस्रो दिन ३७०, चौथो दिन ५७०, पाँचौ दिन ५३०, छैठौं दिन १७ सय, सातौं दिन १३ सय १० र आठौं दिन २२ सय ४० गरेर ८ कारोबार दिनमा जम्मा ७ हजार ७२० कित्ता शेयरको मात्रै कारोबार भएको छ । नवौंं दिनमा १ बजेसम्म ४ हजार १५० कित्ता शेयरको कारोबार भइसकेको छ । अहिलेसम्म साढे ११ हजार भन्दा बढी कित्ताको मात्रै कारोबार भएको छ ।

गार्डियन माइक्रो लाइफको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई त्यसको ३० प्रतिशतले हुने आउने २२ करोड ५० लाख कित्ता शेयर निष्काशन गरेको थियो । २२ लाख ५० हजार कित्तामा पनि म्युचुएल फन्ड र कर्मचारीलाई निष्काशन गरेको शेयर तत्काल बिक्रीमा आउँदैन ।

 




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।