नेप्सेमा सामान्य अंकको वृद्धि, काराेबार रकममा भने गिरावट

Feb 20, 2025 03:52 PM Merolagani



बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढेर बन्द भएको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ३.१४ अंक बढेर २७४३.७४ विन्दुमा पुगेको छ। पछिल्ला केहि कारोबार दिन निरन्तर रुपमा बढेकाे र लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार सुस्ताएको हो । 

नेप्सेसँगै यस दिन कारोबार रकम भने घटेको छ । बिहीबारको बजारमा ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरकाे एक कारोड ५६ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको हो । अघिल्लो कारोबार दिन १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियाे ।

यस दिन एउटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । लक्ष्मी लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ।

यस दिन बाराही हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको आज ८.३५ प्रतिशतले शेयर मूल्य घटेको हो । गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.७० प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।

बिहीबारको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा २.४२ प्रतिशतले बढेको हो । अन्य र निजीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले सकारात्मक भएको हो । यस दिन विकास बैंक, वित्त बैंकिङ, होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन र माईक्रोफाइनान्स उपसमूहको परिसूचक घटेको छ ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।